
२३ कात्तिक, काठमाडौं । दोस्रो बजारमा माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको साधारण सेयर सूचीकृत भएको छ ।
नेप्सेले कम्पनीलाई ‘एमएमकेजेएल’ सांकेतिक नाम दिएको छ । कम्पनीको १ करोड कित्ता साधारण सेयर सूचीकरण भएको हो ।
वैदेशिक रोजगारीमा रहेका, सामूहिक लगानी कोष, स्थानीयबासी र कर्मचारी समेतलाई वितरण भएको प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको हो । यस कम्पनीको आरटीएस सेवा सानिमा क्यापिटलले प्रदान गर्नेछ ।
पहिलो कारोबारका लागि कम्पनीको सेयरलाई नेप्सेले न्यूनतम ९६ रुपैयाँ १४ पैसादेखि अधिकतम २८८ रुपैयाँ ४२ पैसासम्मको रेञ्ज प्रदान गरेको छ । कम्पनीको सेयर कारोबार अब तिहारपछि मात्रै हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4