
२३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा छाडिएका पशु चौपायालाई काञ्जी हाउसमा लैजान सुरु गरेको छ ।
दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा आजबाट महानगर प्रहरी मार्फत छाडा पशु चौपाया लैजान सुरु गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । पहिलो दिन ५ वटा गाईबाच्छालाई संकलन गरेर काञ्जी हाउस लगेको उनले बताए ।
‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौं । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौं । दक्षिणकाली नगरपालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधाकाे प्रबन्ध गर्दैछौं’, महानगरपालिकाको पशु तथा कृषि विभागका प्रमुख डा. अवधेश झाले बताए ।
१२६ रोपनी जमिन रहेको काञ्जी हाउसमा महानगरपालिकाले प्रत्येक दिन सडकमा भेटिने छाडा पशु चौपाया लगेर राख्ने नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
प्रतिक्रिया 4