
२३ कात्तिक, जाजरकोट । नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित क्षेत्रका ३ वटा विद्यालय पुनर्निर्माण गर्ने घोषणा गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै विद्यालय पुनर्निर्माणको घोषणा गरेका हुन् ।
भूकम्पमा ज्यान गुमाउने नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको सम्झनामा सोही नगरपालिकाको एउटा विद्यालय पुननिर्माण गर्ने शेर्पाले बताए ।
`प्रभावित क्षेत्रमा क्षति भएका विद्यालयहरू तिहारपछि नेविसंघले अस्थायी रुपमा बनाउने जानकारी गराउँछौं,’ शेर्पाले भने, ‘जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयसहितका ३ वटा विद्यालय पूर्ण रुपमा निर्माण गर्ने प्रतिवद्धता गर्दछौँ ।’
नेविसंघले तथ्याङ्क संकलन समिति र नेपाल सरकारको सूचना केन्द्रको जानकारी बमोजिम पूणरुपमा घर क्षति भएर अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन सहयोग गर्ने उनले बताए ।
रुकुम पश्चिम र जाजरकोटमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भई ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
प्रतिक्रिया 4