
काठमाडौं । अभिनेत्री दिपाशा बीसीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएकी अभिनेत्रीलाई बिहीवार दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए ।
बिहीबार बेलुकीमात्र नर्भिकले पोस्टमार्टमका लागि शवलाई टिचिङ पठाएको हो । दुबईमा रहेकी उनकी आमा नेपाल आएपछि मात्र अन्तिम संस्कार गरिने चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
बीसीको निधनमा कलाकारले सामाजिक संजालमार्फत शोक व्यक्त गरिरहेका छन् । फिल्म र म्युजिक भिडियोमा चलेकी कलाकार बीसी जलपरी नामले समेत चर्चित छिन् ।
उनको निधनको खबर सुनेपछि नर्भिक परिसरमा कलाकारको बाक्लो उपस्थिती थियो ।
तस्वीर : गोपिकृष्ण चापागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4