
२४ कात्तिक, काठमाडौं । नाफासँगै बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सो अवधिको तुलनामा खुद नाफा १२.५ प्रतिशतले घटेको छ ।
कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको यो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५१ लाख रुपैयाँ कमाएको छ । कम्पनीको बिक्री र वित्तीय आम्दानी घटेपछि नाफा संकुचन भएको हो ।
गत वर्षको पहिलो त्रैमासमा विद्युत् बिक्रिीबाट २१ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्षको त्रैमासमा २१ करोडमा खुम्चिएको छ । सो अवधिमा वित्तीय आम्दानी ५० प्रतिशत घटेको छ ।
यो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २० पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा छ ।
बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९७ रुपैयाँ १० पैसा छ ।
प्रतिक्रिया 4