
२४ कात्तिक, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७५०, तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० र चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार एक लाख १३ हजार ७५० रुपैयाँमा छापावाल र एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, एक हजार ३ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4