
२४ कात्तिक, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको नाफा २९ प्रतिशतले बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार ३ महिनामा कम्पनीको खुद नाफा ३० करोड १४ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी नै बढ्दा नाफामा टेवा पुगेको हो ।
कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्षको सो अवधिमा ५१ करोड ६५ लाख पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा सामान्य बढेको छ ।
गत वर्षको असोज मसान्तसम्म कम्पनीको निष्क्रिय कर्जा कुल कर्जामा ०.७५ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म बढेर ०.८१ प्रतिशत पुगेको छ ।
कम्पनीको निक्षेप तथा कर्जामा औसत ब्याजअन्तर (स्प्रेड दर) पहिले ५.११ प्रतिशत रहेकोमा अहिले ४.१४ प्रतिशत छ ।
कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३६ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ८० पैसा छ ।
साना किसान लघुवित्तको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ८७० रुपैयाँ छ ।
प्रतिक्रिया 4