
२४ कात्तिक, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा ३२ प्रतिशत घटेको छ ।
कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सो अवधिमा २२ करोड ११ लाख खुद नाफा कमाएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी पहिले ७३ करोड ९९ लाख रुपैयाँ रहेकोमा अहिले ७२ करोड ८४ लाख रुपैयाँ छ ।
खुद ब्याज आम्दानीमा आएको सामान्य गिरावट तथा इम्पेरिमेन्ट चार्जमा आएको भारी वृद्धिले नाफामा असर परेको छ ।
कम्पनीले यस्तो चार्जवापत १० करोड ८३ लाख रुपैयाँ छुट्याउनुपरेको छ ।
गत वर्षको यस अवधिमा इम्पेरिमेन्ट चार्ज २ करोड ४९ लाख रुपैयाँ मात्रै इम्पेरिमेन्ट चार्ज छुट्याइएको थियो ।
कम्पनीको खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २० पैसामा खुम्चिएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ ३९ पैसा रहेको छ ।
कम्पनीको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ९०१ रुपैयाँ १० पैसा रहेको छ ।
प्रतिक्रिया 4