
२४ कात्तिक, काठमाडौं । खुद ब्याज आम्दानीमा कमी र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनमा सामान्य वृद्धि हुँदा एनआईसी एशिया लघुवित्तको नाफा घटेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४ करोड ४८ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ३१.८४ प्रतिशतले कम हो ।
प्रथम त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी नै घटेको छ । गत आबको प्रथम त्रैमसमा २९ करोड २ लाख ५७ हजार खुद ब्याज आम्दानी रहेकोमा चालु आबमा सोही अवधिमा १३.६७ प्रतिशतले घटेर २५ करोड ५ लाख ८१ हजारमा झरेको छ ।
यस्तै लघुवित्तको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ६ लाख ६९ हजार रुपैयाँबाट बढेर ७५ लाख ३४ हजार पुगेको छ । आम्दानीमा कमी र प्रोभिजन बढ्दा लघुवित्तको सञ्चालन नाफा घटेको छ
गत आबको प्रथम त्रैमासमा ९ करोड ३९ लाख ८१ हजार रहेको लघुवित्तको सञ्चालन नाफा २७.८५ प्रतिशतले घटेर ६ करोड ७८ लाख १२ हजारमा झरेको छ । सञ्चालन नाफासँगै लघुवित्तको नाफा पनि घटेको हो ।
असोज मसान्तमा १ अर्ब ७३ करोड ९४ लाख ० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सञ्चित नापाm ६० करोड २६ लाख १७ हजार र जगेडा कोषमा ७७ करोड ३१ लाख ५२ हजार रहेको छ ।
असोज मसान्तमा १७ अर्ब ४४ करोड ५४ लाख रुपैयाा कर्जा लगानी गरेमो लघुवित्तले २ अर्ब ५ करोड २ लाख बचत संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाबाट १३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ सापटी लिएको छ ।
प्रथम त्रैमासको लघुवित्तको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा, मूल्य आम्दानी अनुपात ५९.७० गुणा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । निष्कृय कर्जा अनुपात ११.२२ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया 4