
२४ कात्तिक, काठमाडौं । जग्गा कित्ताकाट गर्न घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापा भद्रपुरका कर्मचारी सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर, सुवाषचन्द्र यादव र बिचौलिया उमेश यादव विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जग्गा कित्ताकाटका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा उजुरी परेको थियो । अख्तियारको टोलीले उनीहरुको साथबाट ७० हजार नगद र ५५ लाख रुपैंयाको चेक बरामद गरेको हो । अख्तियारले उनीहरुमाथि एक लाख २५ हजार रुपैयाँ विगो माग दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4