+
+

दीपक श्रेष्ठको ‘पर्खि बसें तिमीलाई’ पुस २७ मा, ‘कालो चश्मा लाऊ है’को रिमेक भर्सन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १६:५०

काठमाडौं । दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसें’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म पुस २७ मा रिलिज हुने शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

निर्देशक श्रेष्ठका अनुसार फिल्ममा चर्चित गीत ‘कालो चश्मा लाऊ है मैयाँ’लाई रिमेक गरेर समावेश गरिएको छ । ‘यो विशुद्ध प्रेमकथामा आधरित फिल्म हो । यसको सुरुवात गीतमार्फत गरेका छौं,’ निर्देशक श्रेष्ठले भने, ‘पर्खि बसें झैं यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई फिल्म उद्योगमा स्वागत गर्न विश्वस्त छु ।’

यो फिल्मबाट किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । आफूले सुन्दै हुर्किएको गीतमा नृत्य गर्न पाउँदा खुसी लागेको रक्षाले बताइन् । ‘यो गीत मलाई निकै मन पर्छ । अहिले यसमै नृत्य गर्न पाएँ । प्रतिक्रियाको पर्खाइमा छु,’ रक्षाले भनिन् । अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन पाउँदा खुसी व्यक्त गरे ।

‘कालो चश्मा’ गीत फिल्म ‘बादलपारि’मा समावेश लोकप्रिय गीत हो । गीतमा सुरेन्द्र राणाको शब्द र शम्भुजीत बास्कोटाको संगीत छ । रिमेक भर्सनमा प्रमोद खरेल र मिलन नेवारको स्वर छ ।

पाटन र भक्तपुर दरबार क्षेत्रमा छायांकन गरिएको गीतको नृत्य निर्देशन निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुराना सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए ।

‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ,’ उनले भने ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम)को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसको छायांकन नेपालसँगै सिक्किममा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?