
२४ कात्तिक, काठमाडौं । पहिलो त्रैमासिक अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा समीक्षा अवधिको तुलनामा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा ७ करोड १४ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ७ करोड ३ लाख रुपैयाँ थियो ।
कम्पनीको नाफा सामान्य बढ्दा वार्षिक प्रतिसेयर आम्दानी भने आधा घटेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ६३ पैसामा झरेको छ ।
प्रतिसेयर आम्दानी घट्नुको मुख्य कारण कम्पनीको सेयर पूँजी ४२ प्रतिशतले बढ्नु हो ।
गत वर्षको पहिलो त्रैमासमा कम्पनीको सेयर पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा अहिले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने व्यवस्थाअनुसार यो कम्पनीले अझै चुक्ता पूँजी बढाउनुपर्नेछ ।
कम्पनीको खुद प्रिमियम आम्दानी गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया 4