२४ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ ।
अहमदावादमा पहिला ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा २४४ रन बनाएर अलआउट भएको हो ।
४५ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा परेको अफगानिस्तानलाई पाँचौ नम्बरमा ब्याटिङ गरेका अजमतुल्लाह ओमरजाईले सम्मानजनक स्थितिमा पुर्याएका थिए ।
नट आउट रहेका उनले १०७ बलमा ९७ रन बनाए । त्यसक्रममा उनले ३ छक्का र ७ चौका हानेका थिए ।
यस्तै नुर अहमद र रहमत शाहले समान २६ रन बनाए ।
दक्षिण अफ्रिकाका गेराल्ड कोट्जेले ४ विकेट लिए ।
दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने संभावना भने सकिइसकेको छ ।
प्रतिक्रिया 4