
२४ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा तिहार सुरु भएसँगै बजारमा किनमेल गर्नेको भीड लागेको छ ।
काठमाडौंको न्यूरोड, बसन्तपुर, असन लगायतका बजारमा तिहारका लागि आवश्यक पर्ने सामग्रीहरु किनमेल गर्नेको भीड लागेको छ ।
माटाका पाला, रङ्गीचङ्गी फूल, झिलीमिली बत्ती, भाइमसला, ढाकाटोपी, सप्तरंगी टीका किन्नेको भीडले असन, न्यूरोडका मुख्य सडकहरु अस्तव्यस्त भएका छन् ।
यस्तै लक्ष्मीको मूर्ति, तामाका भाँडाहरुको पनि उल्लेख्य मात्रामा बिक्री वितरण भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूलहरु बेच्न रोक लगाए पनि लुकाएर केही व्यापारीहरुले बेच्ने गरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4