+
+

१२ वर्षपछि घर फर्किएका हत्या आरोपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १८:५९

२४ कात्तिक,विराटनगर । १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य  विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय  बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ।

धर्मदेवी  नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक  तामाफोक  गाउँपालिका–५ (हाल धर्मदेवी-२) का रविन जिमीको हत्या गरेको आरोप छ ।घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै  घर आइपुगेका थिए ।

घर पुगेको सूचना पाएपछि पुगेको प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी  घनश्याम श्रेष्ठले जानकारी दिए । उनका  अनुसार युवतीको विषयमा विवाद हुँदा रामकुमार जिमी,बुद्धिराज जिमीसहितले रविनको हत्या गरेको अभियोग छ । घटाना हुँदा जिमी १६ वर्षको मात्रै थिए ।

घटनापछि फरार रहेका जिमी धरान र काठमाडौँ बस्दै आएका थिए । पेन्टिङको काम गर्ने उनी यसअघि घर नपुगेको प्रहरीको भनाइ छ । घटनापछि घर बाहिरै बसेका उनले ६ वर्षअघि विहे पनि गरेका थिए । घटनाको  १२ वर्षपछि तिहार मान्नका लागि घर पुगेका बेला उनी पक्राउ परेका हुन् ।

हत्या अभियोगमा पक्राउ परेका उनलाई शुक्रबार अदालतमा उपस्थीत गराइएको डिएसपी श्रेष्ठले बताए । बयानपछि अदालतले उनको विषयमा फैसला गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?