
काठमाडौं । नेपाली दर्शकमाझ रुचाइएको फिल्म ‘परदेशी २’ आगामी मंसिर २३ गते (२३ नोभेम्बर)मा मध्यपूर्वमा रिलिज हुने भएको छ ।
अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो फिल्मलाई पाँच मुलुकमा रिलिज गर्न लागेको जनाएको छ ।
वितरक रमेश ढकालका अनुसार कतार, युएई, बहराइन, कुवेत र ओमानमा फिल्म रिलिज निश्चित भएको हो ।
त्यहाँका ठूला मल्टिप्लेक्स चेनहरु भक्स, स्टार, सिने रोयल, सिने पोलिस, सिननेको र नोभामा फिल्म प्रदर्शन हुने जनाइएको छ । दशैं छेकोमा नेपालमा रिलिज भएको यो फिल्म अहिले पनि नेपालमा चलिरहेको छ ।
परदेशिएका नेपालीको कथा ब्यथा समेटिएको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी’को दोस्रो श्रृंखला हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4