+

आर्सनल दोस्रो स्थानमा उक्लियो

२०८० कात्तिक  २६ गते ८:२६ २०८० कात्तिक २६ गते ८:२६
आर्सनल दोस्रो स्थानमा उक्लियो

२६ कात्तिक, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा शनिबार बर्नलीलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्सनल दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा लियोन्ड्रो ट्रोसराडले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

ब्रोनहिनहिलले ५४औं मिनेटमा बर्नलीका लागि बराबरी गोल फर्काए ।

तर विलियम सालिबाले ५७औं मिनेटमा गोल गरेपछि आर्सनलले फेरि अग्रता लियो । ७४औं मिनेटमा अलेक्जान्डर चिनचेन्कोले गोल गरेपछि आर्सनलले ३-१ को अग्रता बनायो । ८३औं मिनेटमा फाबियो भिएराले रातो कार्ड पएपछि बर्सनल दश खेलाडीमा समेटिएको थियो । तर त्यसले नतिजामा भने असर गरेन ।

जितपछि १२ खेलबाट २७ अंक जोडेर आर्सनल टोटनहमलाई पछि पार्दै  दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटी समान अंक जोडेपनि आर्सनल गोल अन्तरमा पछि छ । सिटीले एक खेल कम खेलेको छ ।

१२ खेल खेलेको टोटनहमको २६ अंक छ ।

शनिवारै भएको खेलमा टोटनहम वल्भ्ससँग २-१ ले पराजित भएको थियो । लिगमा टोटनहमको यो लगातार दोस्रो हार हो ।

ब्रेनन जोन्सनले खेलको तेस्रो मिनेटमै गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइममा दुई गोल खाएपछि टोटनहम पराजित भयो ।

वल्भसका लागि इन्जुरी टाइममा पाब्लो साराबिया र मारियो लेमिनाले गोल गर्दै खेल जिताए ।

लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले लुटन टावनलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन भिक्टोर लिन्डेलोफले ५९औं मिनेटमा एक मात्र गोल गरे ।

जितपछि युनाइटेड १२ खेलबाट २१ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

लिगमा आज म्यानचेष्टर सिटीले चेल्सीसँग खेल्दैछ ।

आर्सनल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय