
२६ कात्तिक, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार एक लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4