+
+

‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक, ५० हजारसम्म जित्न सक्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १३:०३

काठमाडौं । लक्ष्मी सनराइज बैंकले तिहार एवम् छठ पर्वलाई लक्षित गरेर ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ ।

सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ ।
नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद् राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्‍याउने बैंकको लक्ष्य रहेको छ ।

यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ ।

यसरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरुमध्येबाट उत्कृष्ट तीन वटा भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?