
२६ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत भेटिएका छन् ।
बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।
‘घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ’ उनले भने, ‘श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।’
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4