+

औंला पड्काउने बानीले निम्त्याउन सक्छ हाडजोर्नीको समस्या

२०८० कात्तिक  २६ गते १३:४६ २०८० कात्तिक २६ गते १३:४६
औंला पड्काउने बानीले निम्त्याउन सक्छ हाडजोर्नीको समस्या

अल्छी लाग्दा औंला, घाँटी पड्काउने धेरैको बानी हुन्छ । कम्प्युटरमा काम गर्दा वा केही सोच्दा बारम्बार आफ्नो औंला पड्काउने धेरैले गरिरहेका हुन्छन् । यसले आलस्य र थकानबाट छुटकारा दिने उनीहरुको तर्क हुन्छ ।

तर प्रश्न उठ्छ त्यसो गर्नु सही हो कि गलत ? के यसो गर्दा औंला र घाँटीलाई साँच्चै आराम मिल्छ कि हानि हुन्छ ?

हड्डीको जोर्नीमा जुन तरल पदार्थ हुन्छ, त्यसमा रहेको फोका फुट्नाले यस्तो आवाज निस्कने गर्छ । औंला वा घाँटी पड्काउने बानी राम्रो होइन, यसले जोर्नीमा असर पुर्‍याउन सक्छ । बारम्बार औंला पड्काउँदा जोर्नीका कोषिकाहरु बिग्रन थाल्छन् । जसकारण हातको जोर्नीको पकड कमजोर हुन्छ । बारम्बार औंला पड्काउँदा केही समयपछि जोर्नी सुन्निने र दुख्ने हुन सक्छ । लामो समय पड्काउँदा हड्डी कमजोर हुन सक्छ ।

औंला पड्काउँदा तत्काल दुखाइ हुँदैन, तर बिस्तारै औंलाको जोर्नीमा दुखाइ हुन थाल्छ । किनभने बारम्बार औंलाहरू पड्काउँदा तिनीहरू बीचको तरल पदार्थ कम हुन थाल्छ । तरल पदार्थ धेरै कम भयो भने बाथको समस्या हुन सक्छ । यदि बाथरोगबाट पीडित व्यक्तिको औंला पड्काउने बानी छ भने उसको लागि अझ हानिकारक हुन सक्छ ।

कतिपयको औंलासँगै घाँटी र ढाड पनि पड्काउने बानी हुन्छ । घाँटी र ढाड पड्काउँदा जोर्नीमा खुकुलोपनको समस्या हुन सक्छ, यसले जोर्नीलाई कमजोर बनाउँछ ।

ध्यान दिनुपर्ने कुरा

औंला पड्काउने बानी छ भने त्यो बानीलाई छोड्नुपर्छ । औंला वा गर्दनमा दुखाइ छ वा कडा भने त्यसलाई पड्काउनु भन्दा दुखाइको कारण पत्ता लगाउन चिकित्सकको सल्लाह लिनुपर्छ । फिजियोथेरापी गर्नुपर्छ ।

धेरै जोडले औंला पड्काउँदा कहिलेकाहीं औंला भाँच्चिने जोखिम पनि हुन्छ । यस्तो भएमा हाडजोर्नी विशेषज्ञको सल्लाह लिनुपर्छ ।

(हाडजोर्नी विशेषज्ञ डा. मिश्रसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)   

औंला पड्काउनु बाथरोग स्वास्थ्य
लेखक
डा. विभूतिनाथ मिश्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?