+

फिफा विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

२०८० कात्तिक  २६ गते १४:१२ २०८० कात्तिक २६ गते १४:१२
फिफा विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

२६ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो ३ बजे यूएई प्रस्थान गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै छनोट खेल्ने टोलीलाई बिदाइ गरेको थियो । टिममा रहेका दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा टिममा सम्मिलित हुनेछ ।

‘होम एन्ड अवे’ प्रणाली अनुसार नेपालले पहिलो लेग कात्तिक ३० गते घरेलु टोली युएईसँग दुबईमा खेल्दैछ ।

युएईविरुद्ध खेल्ने टोलीमा तीन खेलाडी पहिलो पटक टिममा परेका छन् । जसमा डिफेण्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियार रहेका छन् । यस्तै अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी रक्षक अनन्त तामाङ भने युएईविरुद्ध खेल्ने नेपाली टोलीमा सम्मिलित छैनन् ।

नेपाली टिममा अहिले कप्तान किरण कुमार लिम्बु, डिफेण्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् ।

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा झण्डै चार दशकपछि युएईसँग खेल्ने लागेको हो । यसअघि सन् १९८४ मा भएको एएफसी एसिया कप क्वलिफायर्समा नेपाल युएईसँग ११-० ले पराजित भएको थियो ।

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षक : सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

फिफा विश्वकप युएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय