+

लेवान्डोस्कीको २ गोलमा बार्सिलोनाको पुनरागमन जित

२०८० कात्तिक  २७ गते ८:२८ २०८० कात्तिक २७ गते ८:२८
लेवान्डोस्कीको २ गोलमा बार्सिलोनाको पुनरागमन जित

२७ कात्तिक, काठामाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति अलाभेजलाई २-१ ले पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सामुएल ओमोरोदिओनले पहिलो मिनटमै गोल गर्दै अलाभेजलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्‍यो । ५३औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि बराबरी गोल गरे । त्यसपछि लेवान्डोस्कीले नै ७८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यही गोल नै बार्सिलोनालाई २३ अंक दिलाउन पर्याप्त बन्यो ।

जितपछि १३ खेलबाट ३० अंक जोडेर बार्सिलोना तेस्रो स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको जिरोना भन्दा चार र दोस्रो स्थानको रियल मड्रिड भन्दा दुई अंकले पछि छ ।

यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले भियारियाललाई ३-१ ले हरायो । जेरार्ड मोरोनोले गोल गर्द भियारियाललाई पहिले अग्रता दिलाएका थिए । तर एक्सल विटसल, एन्टोनी ग्रीजमन र लिनोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

१२ खेलबाट २८ अंकसिहत एट्लेटिको चौथो स्थानमा छ ।

बार्सिलोना रोबर्ट लेवान्डोस्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय