
२७ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डमा यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ धसिंदा कम्तीमा ३६ जना मजदुर फसेका छन् । उनीहरुलाई उद्धार गर्ने काम जारी छ ।
यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कयारा र डाँडलगाउँ जोड्नका लागि बनाइँदै छ ।
सोमबार बिहान एक्कासी भत्किएर सुरुङभित्र मजदुरहरु फसेका हुन् । उनीहरु सुरक्षित रहेको र सुरुङभित्र अक्सिजन पुर्याउने प्रयास भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर धामीले मजदुरहरुको उद्धारको प्रयास भइरहेको जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री धामीलाई फोन गरेर उद्धारबारे चासो राखेका छन् ।
अधिकारीहरुका अनुसार सुरुङमा फसेका मजदुरहरुमध्ये एक जना मात्र उत्तराखण्डका हुन् । अरु उत्तर प्रदेशको बिहार, पश्चिम बंगाल, झारखण्ड, ओडिसा र हिमाञ्चल प्रदेशका हुन् ।
उनीहरुलाई बाहिर निकाल्न सुरुङमा खसेको पहिरो डोजरको सहायतालाई हटाउने काम भइरहेको छ । उद्धारका लागि केन्द्र र प्रदेशका उद्धार टोली खटिएका छन् ।
प्रतिक्रिया 4