
२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । सरकारको यो निर्णय अलोकतान्त्रिक भएको भन्दै उनले तत्काल फिर्ता लिन आग्रह गरोक छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । कांग्रेस महामन्त्री शर्माले भने टिकटक मनोरञ्जनको साझा मञ्च भएको बताएका छन् । ‘कलाकार जन्माएको छ, लाइभबाट कैयौंले कमाएका छन्, व्यवसाय प्रवर्धन गरेका छन्’ सरकारको निर्णयबारे शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘दुरुपयोग जो जसले गरे, तिनीहरुलाई निरुत्साहित र निणयन्त्रको विधि बनाउन तर टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर ।’
टिकटक मार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने उनले बताएका छन् । तर एउटाले बिराउने, साह्रा विराउने ढंगले सरकारले गरेको निर्णय अलोकतान्त्रिक भएको शर्माले बताएका छन् ।
महामन्त्री शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै प्रश्न गरेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने ?’
प्रतिक्रिया 4