
२८ कात्तिक, काठमाडौं । बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुन अप्रत्यासित रुपमा सरकारमा फर्किएका छन् । उनी ऋषि सुनक सरकारको विदेशमन्त्री बनेका हुन् ।
सुनकले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्, जसमा कन्जरभेटिभ पार्टीका नेता क्यामरुन विदेशमन्त्री भएका छन् । उनी २०१० देखि २०१६ सम्म प्रधानमन्त्री थिए ।
मन्त्री नियुक्त भएपछि क्यामरुन प्रधानमन्त्री निवासबाट मुस्कुराउँदै बाहिर निस्किएका थिए । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘म पछिल्लो सात वर्षदेखि सक्रिय राजनीतिबाट बाहिर थिएँ, म आशा गर्छु कि कन्जरभेटिभ पार्टीका नेताका रुपमा मेरो ११ वर्षको अनुभव र प्रधानमन्त्रीका रुपमा ६ वर्षको अनुभव प्रधानमन्त्रीलाई सहयोग गर्न काम आउनेछ ।’
सुनकले लिएका केही व्यक्तिगत निर्णयमा आफ्नो असहमति भएपनि उनी सक्षम नेता भएको क्यामरुनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4