+
+

प्रधानमन्त्री प्रचण्डले गरे शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते ११:११

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् ।

नेपाल संवतका ११४४ अवसरमा प्रधानमन्त्री प्रचण्डले भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर खाख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

उनले राष्ट्रिय विभूति साख्वाको योगदानको स्मरण गर्दै आजैदेखि सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीसहित पर्यटनमन्त्री सुदन किराती, पूर्वगृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेलगायतले पनि शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

तस्वीर : विकास श्रेष्ठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?