
२८ कात्तिक, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवाडे पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित जुवाडे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका-१ नाङलेभारेको दुई ठाउँबाट १७ जुवाडेलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट रु एक लाख १७ हजार नगद बरामद भएको उनले बताए ।
यसैबीच, तिहार लक्षित सुरक्षा योजना अनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजना अनुरुप जाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4