+
+

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते ८:५०

३० कात्तिक, काठमाडौं । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहे पनि उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?