+
+

आकाश रानालाई पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १३:०५
सांकेतिक फोटो

१ मंसिर, काठमाडौं । बाँकेको जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजीरहेको थियो । सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो ।

‘उसलाई पक्राउ गर्न लखेट्ने क्रममा गोली चलाउनु परेको हो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले भने ।

आकाश राना लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । उनीविरुद्ध गत कात्तिक २८ गते एक १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको उजुरीसमेत प्रहरीमा परेको छ । उनले तिहारको टीकाको दिन राति ३ बजेतिर कोहलपुरमा मिनबहादुर विकलाई खुकरी हानेर घाइते बनाएका थिए । मिनबहादुरको उपचार नेपालगञ्जमा हुन नसकेपछि भारतको लखनउ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?