+

नाइजेरियाका इमोह इजेकिएल ललितपुर सिटीमा अनुबन्ध

२०८० मंसिर  १ गते १३:४२ २०८० मंसिर १ गते १३:४२
नाइजेरियाका इमोह इजेकिएल ललितपुर सिटीमा अनुबन्ध

१ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीले नाइजेरियन खेलाडी इमोह इजेकिएललाई अनुबन्ध गरेको छ ।

ललितपुरलले शुक्रबार चौथो विदेशी खेलाडीको रुपमा इमोहलाई अनुबन्ध गरेको जनाएको छ ।

नाइजेरियाको राष्ट्रिय टिमबाट समेत खेलिसकेका ३० वर्षीय इमोहले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नाइजेरिया यू-२३ टिमबाट खेल्दै कास्य पदक जितेका थिए ।

उनले सन् २०१४ मा मेक्सिको विरुद्ध नाइजेरियाको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

इमोहले बेल्जियमको शीर्ष श्रेणीको लिगमा स्टान्डर्ड लिग र आरएससी एन्डरलेक्टबाट खेलिसकेका छन् । उनले स्पेनको लस पल्मसबाट पनि खेलेका छन् । उनले पछिल्लो पटक यूएईको शीर्ष श्रेणीको लिगमा अल ड्ढार्फा एफसीबाट खेलेका थिए ।

राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ मार्की खेलाडी रहेको ललितपुरले यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । जसमा नाइजेरियन डिफेण्डर ओमालाजा नुरेन करिम तथा फ्रेन्च फरवार्ड पापा इबो केबे र फ्रेन्च गोलकिपर जेफ्री बाल्टुस छन् ।

ललितपुरले नयाँ सिजनका लागि अस्ट्रेलियाका इयान एन्ड्रयु गिलानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

९ टोलीले प्रतिस्पर्धा गर्ने एनएसएलको दोस्रो सिजन मंसिर ८ गतेदेखि सुरु हुनेछ । पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करण नखेल्ने भएको छ।

यस्तै झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड गरी तीन नयाँ टोली थपिएका छन् ।

साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसीसहित ललितपुर सिटी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले भने यथावत छन् ।

ललितपुरको टोली :

अनन्त तामाङ (मार्की), सनिश श्रेष्ठ, दिनेश हेन्जन, सेसेहाङ आङदाङबे, विवेक पौडेल, आदित्य शाक्य, अनिल महर्जन, नीरज चौधरी, रोशन पहरी, विशाल सुनार, प्रवेश कुँवर, अनिल राई, करण रावत, सञ्जीत राई, विजय श्रेष्ठ, ओमोलाजा करिम नुरेन, पापा इबो केबे, जेफ्री बाल्टुस, इमोह इजेकिएल ।

एनएसएल ललितपुर सिटी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय