+
+

अत्यधिक चिसोले जाजरकोटका दुई भूकम्प प्रभावितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १६:१७

१ मंसिर, सुर्खेत । अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् । भूकम्पले घरबास गुमेपछि उनीहरु त्रिपालमुनी बस्दै आएका थिए ।

कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र अत्याधिक चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।

‘उहाँहरु दमको दिर्घरोगी हुनुहुँदो रहेछ। त्रिपालमुनि बस्ने हुँदा अत्याधिक चिसोले च्यापेपछि मृत्यु भएको पाइएको छ।’ अध्यक्ष गिरीले भने ।

जाजरकोटमा भूकम्पपछि ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र जेष्ठनागरिक थप प्रभावित भएका छन् ।

बारेकोटको माथिल्लो भागमा हिउँदा हिउँ पर्ने भएकाले चिसो अत्याधिक बढ्दै गएको छ । गत साता नलगाड नगरपालिका–४ मा पनि चिसोका कारण दुई जना दीर्घरोगीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?