
१ मंसिर, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा चलिरहेको युद्धमा सर्वसाधारणको मृत्यु कम गर्न आफ्ना सेना असफल भएको स्वीकारेका छन् ।
अमेरिकी च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा उनले इजरायली सेनाले युद्धमा सर्वसाधारण नागरिक नमारिउन् भनेर प्रयास गरिरहेको तर त्यसमा असफल भएको बताए ।
तर उनले सर्वसाधारण मारिनुमा हमास जिम्मेवार रहेको आरोप पनि लगाए । इजरायली सेनाले हमासलाई निमिट्यान्न पार्न खोजेको तर हमासले सर्वसाधारण नागरिकलाई मानव ढाल बनाएको उनको भनाइ छ ।
७ अक्टोबरमा इजरायलमाथि हमला गरेर हमासले अपहरण गरेकाहरुलाई गाजाको अल सिफा अस्पतालमा राखेको प्रमाण आफूहरुसित रहेको र त्यसकै आधारमा इजरायली सेना अस्पताल प्रवेश गरेको नेतान्याहूले बताए ।
तर बुधबार इजरायली सेनाले अस्पतालमा कुनै पनि बन्धकलाई फेला नपारेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4