
१ मंसिर, काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल फेडेरेसन अफ एसियन एन्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर (इफाप्का)को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन ५ मंसिरदेखि काठमाडौंमा हुने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघका अनुसार सम्मेलन ५–९ मंसिरसम्म सञ्चालन हुने छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासचिव रोशन दाहालले ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको जानकारी दिए ।
उनले सम्मेलनको औपचारिक उद्घाटन ६ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने बताए ।
सम्मेलनमा स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने उनले बताए । पर्यवेक्षकको रुपमा पनि केही प्रतिनिधि सम्मेलनमा सहभागी हुने महासंघले जनाएको छ ।
महासचिव दाहालले सम्मेलबाटै इफाप्का अध्यक्षको कार्यभार अध्यक्ष सिंहले सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघले इफाप्को सम्मेलन यो दोस्रो पटक सञ्चालन गर्न लागेको हो । यसअघि निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ इफाप्काको अध्यक्ष रहँदा सम्मेलन सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया 4