+
+

टिकटकलाई दूरसञ्चार प्राधिकरणको पत्र : प्रतिबन्ध कार्यान्वयनमा सघाऊ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते २०:०५

१ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो ।

तर टिकटकले भने दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको बेला बन्द गर्ने निर्णय गर्नु आश्चर्यजनक भएको बताएको थियो ।

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएको छ, जसमा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरिएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले पनि पत्र पठाएको पुष्टि गरे ।

उनका अनुसार शुक्रबार नै सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?