
काठमाडौं । नेपालमा समेत प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा शुक्रबारदेखि रिलिज भएको छ । निश्चल बस्नेत निर्देशित फिल्म युएई, बहराइन र कतारमा प्रदर्शनमा आएको हो ।
तीनै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्व वितरक अनिशसिंह ठकुरीले जानकारी दिए । उनका अनुसार फिल्मले युएईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ ।
‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ ठकुरीले भने, ‘नेपालमा हिन्दी फिल्मको चेपुवामा परेर दर्शक संख्या राम्रो हुँदाहुँदै दिमाग खराबले कम शोज पाएको अवस्थामा हामीले दुबईमा राम्रो शोज पाएका छौं । पहिलो दिन धेरैजसो हलमा हाउसफुल दर्शक देखिए । त्यसैले शोज संख्या अझै बढ्न सक्छ ।’
ठकुरीका अनुसार ‘दिमाग खराब’ २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि प्रदर्शन हुँदैछ । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की आदि कलाकारले अभिनय गरेका छन् ।
प्रतिक्रिया 4