
२ मंसिर, जनकपुरधाम । धनुषामा हृदयघात एक शिक्षकको मृत्यु भएको छ ।
बटेश्वर गाउँपालिका-१ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालयमा कार्यरत शिक्षक दिलीपकुमार सिंहको निधन भएको छ ।
५२ वर्षीय शिक्षक सिंहको मध्यराति हृदयबाट मृत्यु भएको उनका दाइ एवम् विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिए ।
राहत शिक्षकको रुपमा उक्त विद्यालयमा २२ वर्षदेखि कार्यरत सिंहको पठनपाठनमा प्रभावकारी भूमिका थियो । उनी संघर्ष समिति बटेश्वर गाउँपालिकाका अध्यक्ष थिए ।
मृतक शिक्षक सिंहको आजै हिन्दू परम्परा अनुसार अन्येष्टि गरिने परिवारजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4