
२ मंसिर, गुल्मी । गुल्मीमा एक जनाको शब फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका-१ हर्मीचौर निवासी २९ वर्षका रमेश भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।
कात्तिक ३० गते हर्मीचौरतर्फ लु.१६प. ४३९५ नम्बरको मोटरसाइकलमा गएका उनी घरमा फर्केर नआएपछि परिवारका सदस्यले १ मंसिरमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले खोज्ने क्रममा शनिबार कालिगण्डकी गाउँपालिका-१ हनुमान पार्कस्थित कच्ची सडकदेखि २० मिटर तल भीरमा उनको मोटरसाइकल र शव भेटिएको पाण्डेले बताए ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक अनिल थापासहितको प्रहरी टोली पुगेको छ । शव गुल्मी जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टमपछि आफन्तले बुझेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4