
३ मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५ सय र तेजावी सुन एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँ तोकिएको छ ।
गत शुक्रबार पनि सोही मूल्यमा सुन–चाँदीको कारोबार भएको थियो । त्यसअघि तिहार बिदाको अघिल्लो दिन छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
मंसिर लागेलगत्तै प्रतितोला सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4