+

अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

२०८० मंसिर  ३ गते १३:५८ २०८० मंसिर ३ गते १३:५८
अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

३ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् ।

उनले दिउँसो विकेट सुख्खा भएको र बेलुकीको समयमा शीत पर्ने भएकाले आफूहरुले पहिला फिल्डिङ रोजेको बताए ।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिला ब्याटिङ नै रोज्ने बताए ।  घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही रहेको शर्माले बताएका छन् ।

विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय