
३ मंसिर, विराटनगर । कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो ।
बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको मेरो एजेन्डा पनि हो, छैठी मातासँग मेरो अहिले पनि प्रार्थना छ ।’
मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर १९ औं पटक दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।
दण्ड प्रणाम यात्राका लागि उनी शनिबारदेखि व्रत बसेका थिए । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुइ दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।
विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्ने गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4