
३ मंसिर, काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।
काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाएका छन् । त्यस्तै काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि छठघाट बनाइएको छ ।
छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।
हेर्नुहोस् काठमाडौंका जलाशयमा गरिएको छठपूजाका तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4