
३ मंसिर, काठमाडौं । विश्वकपको फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएका छन् ।
भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका हेडले मार्नश लाबुेशेनसँग मिलेर पारी सम्हाले ।
त्यसक्रममा उनले शतक पुरा गरे । शतक बनाउने क्रममा ९५ बलको सामना गरेका उनले १४ चौका र एक छक्का हानेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4