
४ मंसिर, काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १०.५५ प्रतिशत लाभांश दिने निर्णय बैठकले गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
यो लाभांशमध्ये ३.७५ प्रतिशत सेयर बोनस र ६.८० प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।
यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4