
४ मंसिर, काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक समूहले गत कात्तिक २७ गते राति साढे १२ बजे धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो । उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
यसअघि प्रहरी घटनामा संलग्न ८ जनालाई नियन्त्रणमा लिइसकेको छ । सुयससँगै पक्राउ पर्नेको संख्या ९ पुगेको छ । अझै २ फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4