+
+

वर्तिका एम राईले अमेरिकाको टेक्सासमा लाइभ प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १३:५१
फाइल तस्वीर

काठमाडौं । नेपाली तन्नेरी पुस्तामा चर्चित गायिका वर्तिका एम राईले अमेरिकाको डालसमा लाइभ प्रस्तुति दिने भएकी छन् । नोभेम्बर २४ मा अमेरिकाको टेक्सासमा उनी गुञ्जिने कार्यक्रम तय भएको छ ।

फेम नेपालले आयोजना गर्न लागेको कन्सर्टमा वर्तिकासहित डायस्पोराका अन्य सांगीतिक समूहले समेत प्रस्तुति दिने भएका छन् । बज्र ब्याण्ड, सनिर र म्याड हनीले पनि मनोरञ्जन दिने जनाइएको छ ।

टेक्सासको नकआउट स्पोर्ट्स बार फर्ट वर्थमा हुने उक्त लाइभ प्रस्तुतिमा वर्तिकाले आफ्ना हिट ट्रयाक पेश गर्ने आयोजक फेम नेपालका प्रमुख विमल पछाईले जानकारी दिए । फेम नेपालको वेबसाइटबाट लाइभ कन्सर्टको टिकट खरिद गर्न सकिने उनले जानकारी दिए ।

कन्सर्टपछि डिजेइङ पनि प्रस्तुत गरिने भएको छ । कन्टेम्पोररी विधामा चर्चित गायिका वर्तिकाले पछिल्लो समय डायस्पोराका विभिन्न ठाउँमा प्रस्तुति दिइरहेकी छन् । सन् २०१६ मा ‘विम्वाकाश’ एल्बम रिलिज गर्दै वर्तिकाले सांगीतिक करिअर सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?