
काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ र छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन् ।
मास्के पनि जोडिएपछि तीन अभिनेत्रीले काम गर्ने पक्का छ । योसँगै कलाकारको लाइनअप पूरा भएको निर्देशक शेर्पाले अनलाइनखबरलाई जानकारी दिए । यो उनको डेब्यु निर्देशकीय प्रोजेक्ट हुनेछ ।
फिल्ममा शेर्पाको पटकथा र संवाद छ । यो फिल्मको कथावस्तु शेर्पा समुदायमा आधारित हुनेछ । यार्सा फिल्म्सको ब्यानरमा फिल्म बन्न लागेको हो ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4