+

विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोल अर्मेनिया प्रस्थान

२०८० मंसिर  ४ गते १९:२८ २०८० मंसिर ४ गते १९:२८
विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोल अर्मेनिया प्रस्थान

४ मंसिर, काठमाडौं । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।

नोभेम्बर २३ देखि डिसेम्बर ४ तारिखसम्म हुने १६ वर्षमुनि उमेर समूहको प्रतियोगितामा पुरुष ७० केजीमा नेपालबाट नुर्बु थेन्डुप शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । नुर्बुको यो डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । उनको प्रशिक्षकमा लालबहादुर पौडेल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

उक्त अवसरमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

यस्तै  श्रेष्ठले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’मा जित हात पारेका रविन थापालाई प्रोत्साहन स्वरुप पूर्व घोषित १० हजार नगद पुरस्कार पनि प्रदान गरे।

एसियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

 

विश्व जुनियर बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय