
काठमाडौं । मंसिर २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘दुई कदम’को गीत ‘कागभन्दा कोइली चलाख…’ युट्युवमा रिलिज भएको छ । सार्वजनिक रोमान्टिक गीतमा गायक प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ ।
भिडियोमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय छ ।
अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बुको लगानी छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन् ।
फिल्मको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन र प्रविण ढकालको सम्पादन छ । हेर्नूस गीत :
प्रतिक्रिया 4