+
+

युनिलिभरले बोलायो साधारणसभा,सेयरधनीले प्रतिकित्ता १५८० रुपैयाँ लाभांश पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ८:३४

५ मंसिर, काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष २०७९/८० मा प्रतिकित्ता १२५० रुपैयाँ लाभांश दिएको कम्पनीले अघिल्लो वर्ष २०७८/७९ मा प्रतिकित्ता ६५० रुपैयाँ लाभांश दिएको थियो ।

साधारणसभाको सिलसिलामा कम्पनीले सेयरलगत किताब मंसिर १२ गतेदेखि २६ गतेसम्म बन्द रहने जनाएको छ । यसको अर्थ अघिल्लो दिन मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै घोषित प्रतिकित्ता १५८० रुपैयाँ लाभांश पाउने छन् र साधारणसभामा भाग लिन सक्नेछन् ।

सेयर बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३९ हजार ४ सय रुपैयाँ छ । कारोबार भइहरँदा सो दिन कम्पनीको मूल्य प्रतिकित्ता ४१ हजार रुपैयाँसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?